चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु, माथिल्लो राहुघाट र ठूलोखोला निर्माणको अन्तिम चरणमा

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु, माथिल्लो राहुघाट र ठूलोखोला निर्माणको अन्तिम चरणमा

बिहिवार, असार २६ २०८२
बिहिवार, असार २६ २०८२
  • images
    images
    चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु, माथिल्लो राहुघाट र ठूलोखोला निर्माणको अन्तिम चरणमा
    images
    images

    म्याग्दी / म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । 

    पैतीस मेगावाट क्षमताको चिमखोला-मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्डसम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो । 

    नेपाल विद्युत प्राधिकरणमार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रूपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए । 

    चिमखोला-मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् । 

    चिमखोला देखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ती गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले जानकारी दिए । 

    परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत जोडिने उनले बताए। चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् । चार आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइन मार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । 

    एकदेखि अर्को आयोजनाको स्वीचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन् । 

    परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ । 

    विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com