विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब, प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब, प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब, प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा देखिएको छ ।

    नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

    त्यस्तै, गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com