आषाढ २२ गते शनिबारदेखि असार २८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले इमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । सेयर बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ । मङ्गलबार र बुधबारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पढाइमा मन जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि, सेयरबजार तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बुधबारबाट समय मध्ययम रहेकोले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरू पूरा गर्न सकिने हुनाले मन खुशी रहनेछ । तर पनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुहोला । आलस्य तथा थकानको अनुभुति हुनेछ भने परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ । तर पनि शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रविधिको उच्चतम् प्रयोग मार्फत लाभ लिन सकिनेछ । आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशील तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ति अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्पान पाइनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । तरपनि व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लाडि यो साता मध्यम रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अध्ययन,लेखन,कलासाहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । र पनि खानपान तथा मौसमको ख्याल गर्दा स्वास्थ्यमा समस्या देखिनेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागि बिछोड हुन सक्छ । पढाई मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय प्रतिकूल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय राम्रो रहेकोले प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । वित्तीय बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीर अस्वस्थ नहुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा विलासी वस्तु उपाहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । तर पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडि बढ्न सकिनेछ । शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाइनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पछि लाभ हुने काम सुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । सेयर बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले राम्रा तथा परिणाममुखी काम हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । सेयरबजार तथा औद्योगिक क्षेत्रको लगानीबाट आम्दानी बढाउन सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट सस्कार परिवर्तन गर्न तपाईँको भुमिका महत्त्वपूर्ण रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तर पनि राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथिभाई तथा आफन्तका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने काममा समय व्यतित हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । सेयरबजार तथा उत्पादनमूखी व्यापारबाट नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । तर पनि घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावि आउन सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो रहेकोले आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ । थोरै बोलेर काम गर्न सकिनेछ । पढाइ लेखाइमा भने जस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यतित गर्न सक्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ पुँजी बजार तथ औद्योगिक क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । नोकरीमा बढुवा तथा स्थानान्तरणको योग रहेकोछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । व्यापार, सेयरबजार तथा उत्पादनमूखी उद्योगबो लगानीबाट नाफा कमाउन सकिनेछ ।