कुलिङ पिरियडमा दोषी देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

कुलिङ पिरियडमा दोषी देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • कुलिङ पिरियडमा दोषी देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

    काठमाडौँ / संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषी ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् । 

    images
    images

    मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए । 

    उनले भने, ‘संसदमाथिको ठुलो गम्भीर प्रहार हो । यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन । यसबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ । जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । यदी छानबीन गर्दा मेरो पनि दोष देखियो भने कारबाहीको दायरामा आउँछु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ, उम्किन पाइन्न ।’

    मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ माग गरेका थिए । पछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् । जबसम्म यस विषयमा छानविन हुँदैन तबसम्म समितिको बैठक स्थगित गरेको पनि उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय