सुन तथा गहनामा लगाइएको विलासिता कर र भ्याट पुनरावलोकन गर्न अर्थतमन्त्रीसमक्ष ध्यानाकर्षण

सुन तथा गहनामा लगाइएको विलासिता कर र भ्याट पुनरावलोकन गर्न अर्थतमन्त्रीसमक्ष ध्यानाकर्षण

आइतवार, असार १५ २०८२
आइतवार, असार १५ २०८२
  • images
    images
    सुन तथा गहनामा लगाइएको विलासिता कर र भ्याट पुनरावलोकन गर्न अर्थतमन्त्रीसमक्ष ध्यानाकर्षण
    images
    images

    आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ ।

    सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । 

    चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरवारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लेखित विलासिता कर र भ्याट पुनरावलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकूल हुने बताएको छ ।  

    सरकारको कर नीतिले नीतिले सुन चाँदी तथा रत्न आभूषणको व्यवसाय नै सञ्चालन गर्न नसकिने र र यो क्षेत्रमा लाखौं जनशक्तिले रोजगारी समेत गुमाउने अवस्था आएकाले सरकारको निर्णय पुनरावलोकन गर्न अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए । 

    चेम्बर पदाधिकारीहरूसँगको भेटका क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भिरताका साथ लिने प्रतिबद्धता जनाए । उनले सरोकारवाला निकायसंग छलफल गरेर समस्या समाधान गर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com