काठमाडौँ / डोको रिसाइक्लर्स प्रा.लि., हिम इलेक्ट्रोनिक्स प्रा.लि.र प्राक्टिकल एक्सन नेपालले नेपालमा पहिलो पटक प्रयोगपछि फालिने विद्युतीय खाना पकाउने उपकरणहरूको व्यवस्थापनका लागि स्वेच्छिक विस्तारित उत्पादक जिम्मेवारी (इपिआर) सम्झौता हस्ताक्षर गरेका छन् ।
यो ‘नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकर (इपिसी) को उपयोग वृद्धि’ परियोजनाअन्तर्गत, Modern Energy Cooking Services -MECS कार्यक्रमद्वारा समर्थित र प्रवद्र्धित कार्यक्रम हो ।
Modern Energy Cooking Services -MECS कार्यक्रम UK Aid –(FCDO) को बित्त सहयोगमा आठ वर्षीय अनुसन्धान कार्यक्रम हो । यो सम्झौता २०२५ जुन २६ मा गोल्छा ग्रुपको कर्पोरेट कार्यालयमा सम्पन्न भएको हो ।
डोको रिसाइक्लर्सले सुरक्षित रूपमा पुनः प्रयोग र रिसाइकलको व्यवस्था गर्नेछ । सह-संस्थापक राघवेन्द्र महतोले भने, “यो पहलको लागि एक प्रारम्भिक पाइला हो, र भविष्यमा हामी हिम इलेक्ट्रोनिक्सजस्ता अन्य व्यवसायहरूलाई पनि संलग्न गराउने लक्ष्य राख्दछौँ ।”
प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ । रबिन श्रेष्ठले भने, “यस्तो प्रकारको पहिलो पहलको हिस्सा हुन पाउँदा हामी गर्वित छौं ।” सो सम्झौतालाई नेपालको जिम्मेवार ई-वेस्ट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।