नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी बिकास कोषका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी बिकास कोषका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग

आइतवार, असार १५ २०८२
आइतवार, असार १५ २०८२
  • नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी बिकास कोषका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडद्वारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्वारा सञ्चालित विभिन्न संरक्षणका कार्यक्रमका लागि रू १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।  

    images
    images

    उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरूलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । 

    कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), राममोहन राव अमराले लुम्बिनी बिकास कोषका सदस्य सचिब, सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सल, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका सञ्चालकहरू, रितेश सिन्हा, श्री भरत राज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत,  राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । 

    बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय