काठमाडौँ / नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
निगमको निगम केन्द्रीय कार्यालय, कान्तिपथ परिसरमा खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
६७ औँ वार्षिकोत्सव साहित्यिक उप-समितिका संयोजक ई. पोषक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रूपमा निगमका कार्यकारी अध्यक्ष तथा वरिष्ठ साहित्यकार युबराज अधिकारीले गरेका थिए ।
विशेष अतिथिको रूपमा वरिष्ठ साहित्यकारहरू डा. नवराज लम्साल र प्रा.डा. देवी नेपाल लगायत अतिथिको रूपमा अन्य आमन्त्रित स्रष्टाहरू, निगम ना. महाप्रबन्धकहरू, उच्च पदाधिकारीहरू, कर्मचारीहरू तथा पूर्व कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विषेश अतिथिहरू र आमन्त्रित स्रष्टाहरूले अप्रतियोगीको रूपमा आआफ्नो कविता वाचन गरेका थिए ।
प्रतिस्पर्धात्मकरूपमा सम्पन्न कविता वाचन प्रतियोगितामा कर्मचारीतर्फ २३ प्रतिस्पर्धी कवीहरू मध्ये प्रमिला लुईटेल प्रथम, विनय पौडेल द्वितिय, भाष्कर खनाल तृतीय भई नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो भने नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ, साथै, उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने अन्य प्रतियोगीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।
यसैगरि सप्ताहव्यापी ६७ औँ वार्षिकोत्सवको अवसरमा असार ९ देखि ११ गते टेबलटेनिस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो ।
सो प्रतियोगितामा Men's Exec-utive Single तर्फ प्रीतम प्रसाद प्रधान प्रथम, युवराज अधिकारी द्वितिय र दिवाकर बञ्जारा तृतीय भएका थिए भने, Men's Singles तर्फ नवराज कोईराला, प्रज्वल भट्टराई र इन्द्र थापा क्रमशः प्रथम, द्धितिय र तृतीय तथा ध्यmभलुक क्ष्लनभि तर्फ मेनुका चाम्लीङ्ग, रंजना पोख्रेल, कबिता शाह क्रमशः प्रथम, द्वितिय र तृतीय भएका थिए ।