काठमाडौँ / गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यकालका लागि सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएन अभियन्ता ढकालले उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वका लागि नभइ, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको जानकारी दिएका हुन् ।
ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
‘हामी वाचा मात्रै गर्दैनौँ, काम गरेर देखाउँछौँ, छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु,’ अध्यक्षका उम्मेदवार ढकालले भने ।