SEE नतिजा अब SMS बाट सजिलैः स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै परिणाम मोबाइलमै पुर्‍याउने

SEE नतिजा अब SMS बाट सजिलैः स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै परिणाम मोबाइलमै पुर्‍याउने

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • SEE नतिजा अब SMS बाट सजिलैः स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै परिणाम मोबाइलमै पुर्‍याउने

    काठमाडौं/  कक्षा १० (SEE) को नतिजा अब सुस्त इन्टरनेटको झन्झट बिना सिधै मोबाइलमा प्राप्त गर्न सकिने भएको छ। एसएमएस सेवामा लामो अनुभव भएको कम्पनी स्प्यारो एसएमएस ले राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँगको सहकार्यमा २०८०/८१ को SEE नतिजा विद्यार्थीको मोबाइलमा सहज रूपमा पठाउने तयारी गरेको छ।

    images
    images

    इन्टरनेट सर्भर डाउन हुने, वेबसाइट खुल्न ढिला हुनेजस्ता समस्यालाई ध्यानमा राख्दै स्प्यारो एसएमएसले आफ्नो SMS प्रणालीलाई अझ सशक्त बनाएको जनाएको छ। अब देशका कुनै पनि स्थानमा रहेका विद्यार्थीले सिधै मोबाइलबाट छोटो सन्देश पठाएर आफ्नो नतिजा हेर्न सक्नेछन्।

    SMS मार्फत नतिजा हेर्ने तरिका:
    १. मोबाइलको म्यासेज बक्समा जानुहोस्।
    २. SEE टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेख्नुहोस् (जस्तै: SEE 12345678A)।
    ३. यो सन्देश ३५००१ नम्बरमा पठाउनुहोस्।

    केही सेकेन्डभित्रै नतिजा SMS मार्फत मोबाइलमै प्राप्त हुनेछ। यो सेवा सबै प्रकारका मोबाइल फोन र सबै नेटवर्क मा उपलब्ध छ।

    स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा भन्छन्, “नतिजा हेर्ने दिन विद्यार्थी र अभिभावक दुवैका लागि संवेदनशील हुन्छ। यस्तो अवसरमा टेक्निकल समस्या नआओस् भन्ने हाम्रो मुख्य ध्यान हो। हामी देशका सबै कुनाकाप्चामा रहेका विद्यार्थीलाई भरपर्दो रूपमा नतिजा पुर्‍याउने हाम्रो प्रयासमा कटिबद्ध छौँ।”

    स्प्यारो एसएमएसको बारेमा:
    स्प्यारो एसएमएस नेपालको अग्रणी SMS सेवा प्रदायक हो। बैंक, विद्यालय, अस्पतालदेखि सरकारी निकायसम्म, देशका विभिन्न क्षेत्रमा सूचना सम्प्रेषणमा स्प्यारो एसएमएसको योगदान उल्लेखनीय छ। कम्पनीले डिजिटल साक्षरतामा पहुँच नपुगेका स्थानमा समेत सूचना प्रवाह सरल र भरपर्दो बनाउँदै आएको छ।

    यस सहकार्यबाट लाखौँ विद्यार्थीले सजिलै, छिटो र भरपर्दो माध्यमबाट आफ्नो नतिजा प्राप्त गर्ने आशा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय