केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु

केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
    images
    images

    काठमाडौं/ केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ ।

    बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत ट्रान्सफर्मर विस्फोट भएपछि ठूलो संख्यामा विद्यार्थीहरूमा डर र आतंक फैलिएको जनाएको छ ।
    स्थानीय रेडियोहरुले समेत  विस्फोटको आवाज र धुँवा देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए ।
    यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ ।

    राष्ट्रपति फॉस्टिन–अर्चेन्ज टौडोले राष्ट्रिय शोकको घोषणा गर्दै घाइते सबै बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् ।

    उक्त घटना लिसी बार्थेलेमी बोगांडा स्कुलमा भएको हो, जहाँ राजधानीका पाँच विभिन्न 
    विद्यालयका विद्यार्थीहरू स्नातक परीक्षा दिन जम्मा भएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com