नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन सडक सञ्चालन

बिहिवार, असार १२ २०८२
बिहिवार, असार १२ २०८२
  • images
    images
    नारायणगढ–मुग्लिन सडक सञ्चालन
    images
    images

    मुग्लिन / नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारी साधन आवतजावत गरिरहेका छन् ।

    सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

    कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए ।

    ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com