निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै जानुपर्ने प्रदेश प्रमुख खापुङको विचार

निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै जानुपर्ने प्रदेश प्रमुख खापुङको विचार

बिहिवार, असार १२ २०८२
बिहिवार, असार १२ २०८२
  • images
    images
    निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै जानुपर्ने प्रदेश प्रमुख खापुङको विचार
    images
    images

    कोशी प्रदेश प्रमुख परशुराम खापुङले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै जानुपर्ने बताएका छन् । 

    उनले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सकिने सम्भावना रहेको धारणा राखे । 

    प्रदेश प्रमुखले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसारमार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्दै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । 

    केन्द्रका निर्देशक अन्जना राईले युवाहरु उद्यमतर्फ आकर्षित गराउन कृषि उद्यम केन्द्र खडा गरेको बताए । 

    उद्यमतर्फ लाग्न तालिम प्रदान गर्नका साथै कृषि पेशा बाट नै देश समृद्ध बनाउन सम्भावना रहेको पनि बताए । 

    त्यसैगरी वडा नं. २० का पूर्ववडाध्यक्ष मणिराम राईले आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्यम केन्द्रको स्थापना भएको बताउँदै गाउँमा धेरै कृषकहरु लाभान्वित भएको बताए । 

    त्यसैगरी वर्तमान वडाध्यक्ष पदम लिम्बूले कृषितर्फ तीनै तहको सरकार उदासिन रहेको बताए । 
    कार्यक्रम केन्द्रका अध्यक्ष बलजीत राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com