छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म

बिहिवार, असार १२ २०८२
बिहिवार, असार १२ २०८२
  • images
    images
    छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
    images
    images

    काठमाण्डौँ / छ्याङदी हाईड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ ।
    गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

    हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २ मा एक दिनका लागि बुक क्लोज गरेकोले जेठ १ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिद गर्न सक्ने छन् ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ ।  

    हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com