गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक : ७ ओटा कम्पनीमा सेयर, ऋण लेनदेन छैन

गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक : ७ ओटा कम्पनीमा सेयर, ऋण लेनदेन छैन

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • images
    images
    गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक : ७ ओटा कम्पनीमा सेयर, ऋण लेनदेन छैन
    images
    images

    काठमाडौँ / गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवतरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम उनले आफ्नो सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकलाई बुझाएका हुन् । 

    जसअनुसार उनीसँग दुई ठाउँमा गरी २ करोड १५ लाख रुपैयाँ बराबरको घरजग्गा रहेको छ । दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा छ। ललितपुरमा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घरजग्गा उनले पैतृक सम्पत्ति र स्वआर्जनबाट १ करोड ५५ लाख रुपैयाँमा किनेको उल्लेख छ । 

    नवलपरासीको गैँडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रुपैयाँमा घरजग्गा किनेको विवरणमा उल्लेख छ।

    गभर्नर पौडेलसँग पैतृक सम्पत्तिको रूपमा करिब ४५ तोला सुनका गहना छन् । त्यस्तै, उनले स्वआर्जनबाट करिब १५ लाख रुपैयाँमा किनेको हिराको गहना छ । 

    सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा गरी पौडेल र उनको श्रीमतीको नाममा गरी २० लाख ६८ हजार रुपैयाँ बचत रहेको देखिन्छ ।

    यसबाहेक उनको डलर खातामा ६६.७८ डलर र उनको श्रीमतीको नाममा ४४ सय ४६ अमेरिकी बचत रहेको छ । 

    उनको सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा सेयर रहेको छ। 

    पौडेलको श्रीमतीको नाममा २०७७ सालमा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार छ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर २३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति देखाएका छन् भने ऋण लेनदेन भने नभएको उल्लेख गरेका छन् । 

    1.jpg2.jpg

    3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com