सप्तरी भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुख झा, सहलेखापाल लिम्बु र मेडक एडभरटाइजिङ मिलेर करोड बढि  भ्रष्टचार

सप्तरी भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुख झा, सहलेखापाल लिम्बु र मेडक एडभरटाइजिङ मिलेर करोड बढि  भ्रष्टचार

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • images
    images
    सप्तरी भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुख झा, सहलेखापाल लिम्बु र मेडक एडभरटाइजिङ मिलेर करोड बढि  भ्रष्टचार
    images
    images

    काठमाडौँ/ सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा प्रभात झा, तत्कालीन सहलेखापाल अनिल लिम्बु र मोडक एड्भरटाइजिङको प्रोपाइटर कौशल राज सिंह भ्रष्टाचार गरेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई गैरकानुनी लाभ पुर्‍याई राज्यलाई आर्थिक हानी गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर आज गरेको हो।

    अनुसन्धानका क्रममा अस्पतालले VOLEC/NCB/2079/80/01, Construction Work of Veterinary Office Building,Saptari अन्तर्गत ठेक्का प्रक्रिया संचालन गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) अनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्ने कानूनी व्यवस्था भए तापनि, उक्त सूचना सौर्य राष्ट्रिय दैनिकमा मात्र एक प्रति प्रकाशित गरी प्रक्रिया अगाडि बढाइएको पाइएको छ। 

    यसबारे प्रेस काउन्सिल नेपालले पनि मिति २०८२ असार २ गतेको पत्रमार्फत सो सूचना कुनै पनि पत्रिकामा नरहेको पुष्टि गरेको छ।

    प्राप्त प्रमाणअनुसार डा. झा लगायतका सरकारी कर्मचारी र निजी कम्पनी मोडक एड्भरटाइजिङबीचको मिलेमतोमा झुटा बिल बनाई रु. १,२९,६६७ (एक लाख उनान्तीस हजार छ सय सत्तसट्ठी रुपैयाँ) को भुक्तानी गरिएको देखिएको छ।

     यसबाट राष्ट्रलाई आर्थिक हानि पुगेको ठहर गर्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ८ को उपदफा (१) र दफा २२ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको सजाय माग दाबी गरिएको छ।

    अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सरकारी जिम्मेवारीमा रहेकाहरूले कानूनी प्रक्रिया उल्लङ्घन गरी राज्य स्रोतको दुरुपयोग गरेका हुन्। 

    आयोगले सम्बन्धित सबै पक्षलाई जिम्मेवार ठहर गर्दै आवश्यक कारबाहीका लागि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com