काठमाडौँ बाहिर पहिलोपटक लक्ष्मी ल्युब आयलद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै निःशुल्क सेवा शिविर

काठमाडौँ बाहिर पहिलोपटक लक्ष्मी ल्युब आयलद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै निःशुल्क सेवा शिविर

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • images
    images
    काठमाडौँ बाहिर पहिलोपटक लक्ष्मी ल्युब आयलद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै निःशुल्क सेवा शिविर
    images
    images

    काठमाडौँ/ नेपालका लागि TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा.लि. ले काठमाडौँ उपत्यका बाहिर पहिलोपटक दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै निःशुल्क सेवा शिविर आयोजना गर्न लागेको छ।

    सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिनको स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यले कम्पनीले बुटवल र भैरहवामा शिविर सञ्चालन गर्न लागेको हो। चारपांग्रे सवारी साधनका लागि बुटवलको एडभान्स अटो केयरमा असार १२ र १३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा उपलब्ध गराइनेछ।

    त्यस्तै, दुईपांग्रे सवारीका लागि भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा असार १९ र २० गते सोही समय अवधिमा शिविर सञ्चालन हुनेछ।

    शिविरमा सहभागीहरूले आफ्ना सवारी साधनको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् भने TotalEnergies ब्रान्डको उच्च गुणस्तरको लुब्रिकेन्टबारे जानकारी पनि लिन सक्नेछन्। साथै, लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स र सवारी सेवा सम्बन्धी सल्लाह सुझावहरू समेत प्रदान गरिनेछ।

    कम्पनीले यो शिविरलाई ग्राहकहरूसँगको प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अवसरका रूपमा लिएको छ। लक्ष्मी ल्युब आयल प्रा.लि.ले यस कार्यक्रममार्फत TotalEnergies लाई नेपालमा लुब्रिकेशन समाधानका लागि विश्वासिलो साथका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com