सुर्खेत प्रदेश अस्पतालका लेखा धिकृतसहित ३ जना अख्तियारको फन्दामा

सुर्खेत प्रदेश अस्पतालका लेखा धिकृतसहित ३ जना अख्तियारको फन्दामा

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • images
    images
    सुर्खेत प्रदेश अस्पतालका लेखा धिकृतसहित ३ जना अख्तियारको फन्दामा
    images
    images

    काठमाडौं/  प्रदेश अस्पताल, सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिना गरिएको पाइएको छ ।  भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृत शंकर प्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

    सामाजिक सेवा एकाई कार्यक्रम अन्तर्गत कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाहीले स्वास्थ्य बीमा शाखाको नाम दर्ता गर्ने काउन्टरमा काम गर्दै आएकी थिइन्। 

    यस्तैगरी, अनुसन्धानका क्रममा उनले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी राजस्व असुली गरेको र त्यसबाट प्राप्त रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको पाइएको अख्तियारले पुष्टि गरेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट लेखा अधिकृत शंकर प्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही तथा कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आपसी मिलेमतोमा अस्पतालको नाममा संकलन भएको कुल रु. ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसामध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र खातामा दाखिला गरेका थिए। बाँकी रु. २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

    उनीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजायको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

    अख्तियारले सार्वजनिक संस्थाको राजस्व रकम दुरुपयोग गर्ने उद्देश्यले गरिएको यस्तो कार्यलाई गम्भीर अपराधका रूपमा लिँदै कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ।

     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com