३२.९३ अङ्कले घटेर २६ सय बिन्दुभन्दा तल झ-यो नेप्से, कतिको भयो कारोबार ?

३२.९३ अङ्कले घटेर २६ सय बिन्दुभन्दा तल झ-यो नेप्से, कतिको भयो कारोबार ?

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • images
    images
    ३२.९३ अङ्कले घटेर २६ सय बिन्दुभन्दा तल झ-यो नेप्से, कतिको भयो कारोबार ?
    images
    images

    काठमाडौँ / नेप्से परिसूचकको ओरालो यात्रा कायमै छ । यसअघि लगातार तीन कारोबार दिन लगातार घटेको नेप्से आज (आइतबार) सातको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा झरेको छ ।

    यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अङ्कले घटेको छ ।

    गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । 

    सो कम्पनीको सेयर मूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको सेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घटेको छ । 

    त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com