तपाईको यो साताको राशीफल

तपाईको यो साताको राशीफल

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • तपाईको यो साताको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

    images
    images

    सोमबार बिहानसम्मको समय मध्यमय रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ।
    आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ। सोमबार दिउसोबाट समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईँकै पोल्टोमा आउँनेछ । 
    शेयरबजार तथा शिक्षा पेशासँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा, उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा):

    दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ। आफन्त तथा मन पर्ने साथिकासाथ छोटो, रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन्।

    खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईने योग रहेकोछ। शेयरबजार, कृषि तथा पशुपालन व्यावासायमा लगानि गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ।
                                                   
    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

    थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ। व्यापार, शेयरबजार तथा उद्योगको लागनीबाट मनग्गे आम्दानि हुँनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ। कुटुम्ब तथा आफन्तहरु बिचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा कामहुँने हुँनाले सम्मान प्राप्त हुँनेछ।

    दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ। हप्ताको अन्तमा आफन्त तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

    पुँजी बजार उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । 

    पढाइ लेखाइमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउँनेछ। माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ। सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ।

    छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ। आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मान प्रशन्न हुँनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):


    सोमबार बिहान सम्मको समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आउँने तथा औषधी उपचार खर्च बढेर जानेछ। शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला।

    सोमबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । 
    थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ। पढाइमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ।

    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा):

    व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ। बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ ।

    भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । सोमबार दिउसोबाट समय मध्ययम रहेकोले अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । 

    घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त):

    व्यापार, बित्तिय क्षेत्र तथा उत्पादनमूखी व्यावसायमा प्रसश्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । 

    सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ। 
    हप्ताको अन्त तथा शुक्रबार बेलुकीबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर परिवारमा आवस्यक्ताहरु टार्न नसकिने हुनाले परिवारमा सदस्य हरुसँग मनमटाब बढ्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

    बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईँको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ।

    अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ।

    कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

    सोमबार बिहान सम्मको समय मध्ययम रहेकोले बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन्। बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । 
    सोमबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । राजनीति तथा सरकारी काममा सफल भई नाम कमाउँन सकिनेछ । धर्ममा मन जाने हुँनाले धार्मिक स्थल तथा पन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । 
    खोज तथा अनुशन्धानमा गरिएको लगानि बाट भनेजस्तो नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रीय पात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

    हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले आफन्त तथा साथिभाई सँग रमाईलो यात्राको तय हुँने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । 

    व्यापार, शेयरबजारमा गरेको लगानी फस्टाएर जानेछ भने व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । खोजमुलक क्षेत्रमा समय बित्नेहुँदा मन प्रशन्न रहनेछ । सोमबार दिउसोबाट बुधबार बिहान सम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

    अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईँको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । 
    व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुँने हुँदा मन प्रशन्न रहनेछ । 
    शुक्रबार बेलुकीबाट समय मध्ययम रहेकोले ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

    सोमबार बिहान सम्मको समय मध्ययम रहेकोले आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । 
    पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । सोमबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ।

    पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।


    - ज्यो.राजेन्द्र घिमिरे 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय