निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि, भटमासको तेल सबैभन्दा धेरै

निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि, भटमासको तेल सबैभन्दा धेरै

शनिवार, असार ७ २०८२
शनिवार, असार ७ २०८२
  • images
    images
    निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि, भटमासको तेल सबैभन्दा धेरै
    images
    images

    काठमाडौं / चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ । 

    भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/ ८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो ।

    विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

    गत आवको सोहि अबधिमा नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो । चालु आवको यो निर्यात गत आवको सोहि अबधिको तुलनामा ७७.७७ प्रतिशतले धेरै हो ।

    चालु आवमा नेपालबाट प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुँदा नेपालको निर्यात व्यापारले उल्लेख्य रुपमा फड्को मारेको हो ।

    ११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो । 

    सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । 

    यस बस्तु पनि भटमासको तेल पछि सबैभन्दा धेरै निर्यात हुने बस्तुहरु हुन् । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा समेत घटेको विभागको तथ्यांकले देखाएको छ ।

    गत आवको जेठ सम्म नेपालको वैदेशीक व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो । तर, चालु आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको हिस्सा ८६.९२ प्रतिशत रहेको पाइएको छ ।

    विभागका अनुसार पछिल्लो ११ महिनामा सबैभन्दा धेरै डिजेल आयातमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको देखिएको छ । 

    सोयाविन तेल आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ । त्यसैगरी पेट्रोल आयातका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ । एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ ।

     ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिएको छ ।  त्यसैगरी सनफ्लावर तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ भने १७ अर्ब १२ करोड बराबरको सुन आयात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com