बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा
    images
    images

    काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् ।

    उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको बताए । उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको तत्कालै उद्धार गर्नेगरी तयारी भएको बताए । हरेक राजमार्गको अवरोध हटाउन देशभर २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

    ‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरु दुई बर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’ उनले भने । 

    ‘उच्च जोखिम भएको बेला प्रशासनबाट पनि उद्धार हुन्छ । राजमार्गहरु रातिको समयमा पनि बन्द गर्नुपर्ने हुन्छ । अहिले डाइर्भसनबाटै सबै काम भइरहेको छ ।  पहिलाको भन्दा व्यवस्थित डाइभर्सन भइरहेको छ । पहिलेकै अवस्थामा आउन अझै दुई बर्ष लाग्छ ।  तर अहिलेचाहीं जोखिमलाई कम गर्न डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । पहिरो खसेको ठाउँमा तीन दिनभित्र मेन्टिनेन्स गरिसक्छौं । जहाँ जतिबेला जे पर्छ मेकानिकल तयार छन् । सबै स्थानमा हामी तयारी अवस्थामा छौं,’ उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com