काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप-मेयर, मनिका देवी दुलाललार्र्ई एक कार्यक्रमकाबिच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।