नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न नेपाल हस्तकला महासंघ र आईआरजीडीडीबीच समझदारी

नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न नेपाल हस्तकला महासंघ र आईआरजीडीडीबीच समझदारी

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न नेपाल हस्तकला महासंघ र आईआरजीडीडीबीच समझदारी
    images
    images

    काठमाडौँ / नेपालका हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता सङ्गठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी)बीच सम्झौता भएको छ । 

    नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले असार ४ गते काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रमकाबीच महासंघ र आइआरजीडीडीबीच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    उक्त समझदारीबाट नेपालको पहिचान र संस्कृतिको सबांहकको रूपमा रहेको नेपाली हस्तकलालाई विश्वब्यापी ब्राण्डको रूपमा विकास गर्न कुटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ ।

    त्यसैगरी नेपाली हस्तकलाको प्रवद्र्धन कलाकार कालिगढहरूको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारि बनाईने विषयमा पनि दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ । 

    हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम् प्रतिफल प्राप्त हुनु पर्ने कुरामा दुबै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझ्दारी पत्रमा उल्लेख भएको छ । 

    त्यस्तै, हस्तकला क्षेत्रमा सीप र प्रविधिको पुस्तान्तरण चुनौतीपूर्ण रहेकोले यसको सम्बोधनमा पनि दुवै संस्थाले सहकार्य गरि अघि बढ्ने समझदारी भएको छ । 

    नेपाली हस्तकला क्षेत्रमा हाल प्रत्यक्ष र परोक्ष गरि ११ लाख व्यक्तिहरू संलग्न रहेका छन् । हाल ३६ विधा अन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरू पहिचान गरिएका छन् । ती वस्तुहरू हाल विश्वका ६० देशमा औपचारिक र अनौपचारिक गरी रु.२२ अर्बको हाराहारीमा निर्यात व्यापार भईरहेको छ । 

    सोही रकम बराबरको देश भित्र हुने कारोबार समेत गर्दा यस क्षेत्रले करिब रु. ४४ अर्ब रकम बराबरको राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याई रहेको छ । 

    उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा महासंघका पदाधिकारीहरू र महानिर्देशक लगायतका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com