नेप्से ओरालो लागेको बजारमा ९ अर्ब बढीको कारोबार, कसले कति कमाए कति गुमाए ?

नेप्से ओरालो लागेको बजारमा ९ अर्ब बढीको कारोबार, कसले कति कमाए कति गुमाए ?

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    नेप्से ओरालो लागेको बजारमा ९ अर्ब बढीको कारोबार, कसले कति कमाए कति गुमाए ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०७ अङ्कले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ । बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । 

    बुधबार नेप्सेमा भएको सेयर कारोबारमा ८८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  त्यस्तै, १५९ ओटा कम्पनीको सेयर मूल्य घटेको छ ।

    बुधबार कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये पाँच ओटाको मूल्य बढेको छ भने बाँकी सबै समूहको घटेको छ । 
    आज सर्वाधिक बढी हाइड्रोपावर समूहको परिसूचक ०.७४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक १.२५ प्रतिशतले घटेको छ ।

    आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता आज १० प्रतिशतका दरले गुमाएका छन् ।  

    सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com