१० जिल्लाका सिडिओ फेरिए, १७ सहसचिव र उपसचिवको सरुवा को कहाँ पुगे ?

१० जिल्लाका सिडिओ फेरिए, १७ सहसचिव र उपसचिवको सरुवा को कहाँ पुगे ?

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    १० जिल्लाका सिडिओ फेरिए, १७ सहसचिव र उपसचिवको सरुवा को कहाँ पुगे ?
    images
    images

    काठमाडौँ / गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको व्यापक हेरफेर गरेको छ। मन्त्रालयले १० जिल्लामा कार्यरत सिडिओको सरुवा गर्नुका साथै विभिन्न निकायमा कार्यरत १७ जना सहसचिव र उपसचिवको समेत सरुवा र पदस्थापन गरेको हो।

    सरुवाअनुसार गुल्मीका सिडिओ जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्यप्रसाद पौडेललाई बैतडी, र रोल्पाका खिमबहादुर रायमाझीलाई भैरहवा (रुपन्देही) पठाइएको छ। 

    जुम्लाका रामबहादुर शाही सप्तरीमा, र सल्यानकी सावित्रा पुन डडेल्धुरा सरुवा भएका छन्।

    त्यस्तै, सिन्धुलीका लीलाप्रसाद शर्मा, इलामकी कल्पना श्रेष्ठ, बैतडीका दीर्घराज उपाध्याय, डोटीका मोहनराज जोशी, डडेल्धुराका चोमेन्द्र न्यौपाने, र भोजपुरका नरबहादुर थापा गृह मन्त्रालय तानिएका छन्।

    मन्त्रालयमा कार्यरत नेत्रप्रसाद सुवेदीलाई सल्यान र बुद्धबहादुर गुरुङलाई डोटीको सीडीओका रूपमा खटाइएको छ। 

    यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत दिनेशकुमार भुसाललाई सिन्धुलीको सिडिओका रूपमा सरुवा गरिएको छ।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com