३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री भेट्न आएका बोहोरालाई बालुवाटारदेखि सिंहदरसम्म प्रहरीको अवरोध, दिइएन भेट

३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री भेट्न आएका बोहोरालाई बालुवाटारदेखि सिंहदरसम्म प्रहरीको अवरोध, दिइएन भेट

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • ३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री भेट्न आएका बोहोरालाई बालुवाटारदेखि सिंहदरसम्म प्रहरीको अवरोध, दिइएन भेट

    काठमाडौँ / ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौँ आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन। 

    images
    images

    मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौँ आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।

    त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो । 

    अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए । उनी कर्णालीका मुद्दाहरू एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरू लिएर काठमाडौँ आएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय