अमन प्रताप अधिकारीले ‘सेफ नेपालः द प्रोफेशनल’को निर्देशन गर्ने

अमन प्रताप अधिकारीले ‘सेफ नेपालः द प्रोफेशनल’को निर्देशन गर्ने

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    अमन प्रताप अधिकारीले ‘सेफ नेपालः द प्रोफेशनल’को निर्देशन गर्ने
    images
    images

    काठमाडौँ / बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटि शो ‘सेफ नेपालः द प्रोफेसनल’को निर्देशकका रूपमा परिचित निर्देशक अमन प्रताप अधिकारी अनुवन्धित भएको धर्म पिक्चर्सले सार्वजनिक गरेको छ । 

    निर्देशक अधिकारी दुरदर्शी कथा कथन र गतिशिल रचनात्मक निर्देशनमा ख्याति प्राप्त ब्यक्तित्व हुन् । ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लगड’, लगायतका सोहरू निर्देशन गरेका उनले पोइट आइडल नामक कवितात्मक रियालिटि सोको निर्माण तथा निर्देशन गरेका थिए । 

    निर्देशक अधिकारीले यस पाककला रियालिटी शो निर्देशन गर्दै गर्दा नेपाली खाना र पाककला परम्पराको आधुनिकीकरणलाई स्क्रिनमार्पmत पुनः परिभाषित गर्नेछन् र पाककलालाई टिभी कार्यक्रम बनाउँदै गर्दा यस विधामा रोमाञ्चकता र नविनताको ल्याउनेछन् भन्नेमा निर्माता ढुक्क छन् । 

    नेपालको पहिलो व्यवसायिक सेफहरूको पाककला प्रतियोगिता सेफ नेपालः द प्रोफेसनलमा परम्परागत एवं आधुनिकता दुवैलाई प्रतिनिधित्व गर्नसक्ने र प्रतियोगितामा खरो उत्रन सक्ने कुसल सेफहरूको चयन गरिनेछ । यो टिभी शो सेप्टेम्बरमा छायाङ्कन सुरु हुने तय भएको छ, जसको प्रसारण अक्टोबर २०२५ बाट गरिनेछ । 

    प्रतिस्पर्धाको लागि एकसय भन्दा बढि सेफहरूको आवेदनबाट केवल एकसय सेफहरूलाई छनोट सूचीमा राखिनेछ । हालसम्म १३ देशमा प्रोफेसनल सेफका रूपमा स्थापित ५० भन्दा बढि आवेदन सङ्कलन भइसकेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com