कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न

कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / कृषिसँग सम्बन्धित सरोकारवालाहरुले कृषि विद्येयकमा कृषक मैत्री नीति आउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवाला बीचको छलफलमा उनिहरुले कृषिमैत्री नीतिमा जोड दिएका हुन् । 

    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले बजेटमा कृषिको बारे अझै सम्बोधन हुन नसकेकोले नेपालको कृषि विकास गर्ने हो भने अब जारी हुने कृषि विद्येयकमा कृषक मैत्री नीति आउने विश्वास व्यक्त गरे । 

    उनले विगतमा नेउवामहासंघले कृषि विधेयकको आवश्यकतालाई महसुस गरि बहस पैरवी गरेको कारण कृषि विधेयक ल्याउन सरकार लागेको बताउँदै विद्येयकमा समावेश गर्ने राय, सुझाव संकलन गर्ने कार्यमा कृषि उद्यम केन्द्रले गरेको कार्यको प्रशंसा गरे । उनले प्रस्तावित विद्येयक र नीतिमा अझै समावेश गर्न छुटेको बुदांहरु उपलव्ध गराउन, बन,कृषि र भूमिसुधारमा अझै पनि धेरै समस्या रहनका साथै अन्तरमन्त्रालयको बीचमा समन्वय हुन नसक्दा उत्पादनमा कमी र युवाहरु कामको लागि देश छोडनुपर्ने वाध्यतालाई कम गर्न देशमै रोजगारी सृजना गर्न आवश्यक रहेको  बताए । उनले  कृषिको व्यवसायीकरण गरि आयातलाई प्रतिस्थापन गर्ने कार्य तर्फ व्यवसायी लाग्ने भएकोले महासंघले उपलब्ध  गराउने राय, सुझावहरुलाई समावेश गर्न सरकारलाई अनुरोध गर्ने प्रतिवद्धता जनाए  ।

    त्यसैगरि कार्यक्रममा बोल्दै कृषि उद्यम केन्द्रका सभापति डिवि बस्नेतले विगतमा मन्त्रालयलाई उपलव्ध गराईएको सुझाव केहि हद सम्म सम्बोधन भएको भन्दै अझै आएका  माग र प्राप्त सुझावहरुलाई एकिकृत गरि मन्त्रालयमा पठाइने भएकाले वस्तुगत संघबाट सुझाव प्राप्त गर्ने बताए । 

    उनले कृषि उद्यम केन्द्र व्यवसायीहरुको हक हितमा सदा तत्पर रहेकोले सरकारलाई दिने सुझावहरु केन्द्र मार्फत गएको खण्डमा कृषि विद्येयकमा परेको बुदांहरुबाट प्रमाणीत भएकोले, अव पठाइने सुझावहरु केन्द्रमा उपलव्ध भएमा एकिकृत गरि मन्त्रालयमा पठाइने जानकारी गराए । 

    छलफलमा नेपाल डेरी एशोसिएसन, रुद्राक्ष व्यवसायी संघ, नेपाल व्यवसायी संघ, नेपाल चामल, दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, फ्लोरिकल्चर एशोसिएसन नेपाल, नेपाल कोदो तथा फापर संघ, नेपाल सुन्तला तथा कागती संघ, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल हव्स तथा हर्वल उत्पादक संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल अलैची व्यवसायी महासंघ, निर्यात व्यवसायी महासंघ नेपाल, मुना कृषि, इन्देणी मसरुम फार्म बलम्बुले प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिमा अझै संशोधनको आवश्यक रहेकाले धारणा राख्दै कृषि उद्यम केन्द्र, नेउवामहासंघबाट यसलाई अध्ययन गरि प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा पुनः पेश गर्न अनुरोध गरेका थिए ।

    कृषि उद्यम केन्द्रले विगतमा प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा उपलव्ध गराइएकोमा यस लाई अध्ययन गरि पठाइने बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com