इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पु-याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ ।

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    images
    images

    काठमाडौँ / इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरूमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो ।जसकाकारण आइतबार खाडी लगायतका केही मुलुकका शेयर बजारहरूमा ठुलो मात्रामा गिरावट आएको थियो । 

    युद्ध तत्काल रोकिने कुनै सङ्केत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।

    इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढेको थियो । बीबीसीका अनुसार शुक्रबार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।

    व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्ने बताइएको छ ।

    बिबिसीका अनुसार यद्यपी दुई देशहरू बीचको एक सप्ताहन्तको मिसाइल र ड्रोन आक्रमण पछि कच्चा तेलको मूल्य फेरि घटेको छ । 

    तर पनि, तेलको मूल्य एक महिना अघिको भन्दा १० अमेरिकी डलरले बढी छ र ऊर्जाको मूल्यमा वृद्धिले बेलायतलगायत विश्वभर पेट्रोल र खाद्यान्नसम्म सबै कुरा महँगो बनाउन सक्ने त्रास उत्पन्न भएको छ ।

    तीन वर्षअघि रूसले युक्रेनमा आक्रमण गरेपछि त्यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरूको दैनिकीलाई असर गरेको थियो ।

    शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढीमा पुग्यो । त्यसबेलादेखि, यो लगभग ७४.५० डलरमा झरेको छ, तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी छ ।

    ठूला भूराजनीतिक घटनाहरू र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियामा तेलको मूल्य सधैं बढ्छ र घट्ने गरेको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को सदस्य हो । जसले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ ।

    इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैँ पनि युद्धमा हामीएका कारण त्यसले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रहरूलाई समेत मूल्यवृद्धिको मारमा पार्न सक्ने रोयर्टसले जनाएको छ ।

    यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पु-याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रीफिङ गरिरहेका छन् । 

    जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com