नेपाली शान्ति सैनिकहरूको अदलीबदली, मिसनमा नयाँ डफ्फा

नेपाली शान्ति सैनिकहरूको अदलीबदली, मिसनमा नयाँ डफ्फा

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    नेपाली शान्ति सैनिकहरूको अदलीबदली, मिसनमा नयाँ डफ्फा
    images
    images

    काठमाडौं/  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

    United Nations Interim Security Force for Abyei (UNISFA) मिसनमा खटिएका फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ६७ जना नेपाली शान्ति सैनिकहरू सह सेनानी भोला कुमार कार्कीको नेतृत्वमा आज असार २ गते स्वदेश फिर्ता भएका हुन्।

    यसअघि सोही मिसनमा खटिन फोर्स हे. क्वा. सपोर्ट युनिट (शान्ति सेना) चौथो डफ्फाका ७७ जना सैनिकहरू प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा गत ज्येष्ठ ३० गते संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरिसकेका थिए।

    हाल उक्त मिसनमा कुल १०७ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेका छन्।

    नेपाली सेनाको अन्तर्राष्ट्रिय भूमिका अन्तर्गत यस्ता मिसनहरूमा निरन्तर सहभागिता जनाउँदै आइरहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com