गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्यायो ३१ अर्ब ९७ करोड ७९ लाखको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्यायो ३१ अर्ब ९७ करोड ७९ लाखको बजेट

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्यायो ३१ अर्ब ९७ करोड ७९ लाखको बजेट

    पोखरा / गण्डकी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। अर्थमन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

    images
    images

    बजेटमा चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार तथा पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार र वित्तीय व्यवस्थापनको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटको स्रोतको रूपमा वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, ससर्त अनुदानबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, समपुरक ६३ करोड ९७, विशेष अनुदानबाट ४८ करोड ८६ आउने अनुमान रहेको छ । गण्डकी प्रदेश सरकार यो बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय