साना किसानहरूका लागि बैंकहरूले ऋण प्रवाहमा सहयोग गर्नुपर्छ : मन्त्री अधिकारी

साना किसानहरूका लागि बैंकहरूले ऋण प्रवाहमा सहयोग गर्नुपर्छ : मन्त्री अधिकारी

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    साना किसानहरूका लागि बैंकहरूले ऋण प्रवाहमा सहयोग गर्नुपर्छ : मन्त्री अधिकारी
    images
    images

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानहरूलाई समेत सहज, सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताएका छन् । 

    राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैंक तथा वित्तिय संस्थाले किसानहरूको गरिबीबाट माथि उठ्न सक्नेगरि ऋण प्रवाह गर्नुपर्ने र छिट्टै मन्त्रालयले यस बारेमा नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने तयारी गरेको उल्लेख गरेका हुन् । 

    यस्तै, उनले यस पटकको बजेटमा प्राङ्गारिक मलको प्रवर्द्धनका लागि मन्त्रालयले पहिलो पटक वजेटको व्यवस्था गरेको र यसवाट कृषिमा रासायनिक मलको परनिर्भरता विस्तारै अन्त्य गर्ने बाटोको सुरुवात गर्ने बताए । 

    कृषि अनुदानमा दुरुपयोग भएको विषयमा गठित छानविन समितिले काम गरिरहेको र यसको प्रतिवेदन पछि दुरुपयोग गर्ने व्यक्ति तथा फर्ममाथि कारवाही गरिने पनि मन्त्री अधिकारीले बताए । 

    उनले आफूले मन्त्रालयको नेतृत्व लिएपछि १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान लिने व्यक्ति तथा फर्मको नाम सार्वजनिक गरेको र आगामी दिनमा यसले अनुदानमा पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे । 

    मासु, अण्डा, दुधलगायतमा मुलुक आत्मर्निभर भएको र धान,गँहु मकै जस्ता वस्तुमा आत्मनिर्भरताका लागि प्रयास गरिएको भन्दै मन्त्री अधिकारीले खुल्ला सीमाका कारण निर्वादरूपमा आयात हुँदा भने किसान समस्यामा पर्ने गरेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com