गुहेश्वरी मर्चेन्ट  बैंकिङ्ग एण्ड फाइनान्सको २३ औँ वार्षिकोत्सव सम्पन्न

गुहेश्वरी मर्चेन्ट  बैंकिङ्ग एण्ड फाइनान्सको २३ औँ वार्षिकोत्सव सम्पन्न

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    गुहेश्वरी मर्चेन्ट  बैंकिङ्ग एण्ड फाइनान्सको २३ औँ वार्षिकोत्सव सम्पन्न
    images
    images

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट  बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २०५९ साल जेठ ३० गतेदेखि वित्तीय कारोबार सञ्चालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो ।

    विगत २३ वर्षदेखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रूपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरेको छ ।

    साथै, वार्षिकोत्सवको दिन जेठ ३० गते शनिबार  नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

    संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत सो संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आईरहेकोेमा आगामी दिनहरूमा पनि यसैगरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।

    संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    संस्थाको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहकहरू, शेयरधनीहरू, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरू प्रति कृतज्ञता पूर्वका हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com