श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने

श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने
    images
    images

    कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट ल्याउँदै छ । 

    आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् । 

    कोशीको बजेटको आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ । 

    कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन् । 

    शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन् । 


    कोशीमा २०७५/ ७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतकै कमीका कारण अहिले ३६–३७ अर्बमा सीमित हुनुपरेको कार्कीको भनाई रहेको छ । 

    बजेटका लागि लागि प्रदेश सरकाले आवश्यक तयारी पुरा भएको जनाएको छ । बजेट प्रस्तुतसँगै आइतबारको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनमन्त्री रामबहादुर मगरले राजश्व र व्ययको वार्षिक अनुमान, आर्थिक विद्येक र विनियोजन विद्येक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले उल्लेख गरेको छ ।

     
    यसअघि मन्त्री मगरले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण विवरण पेस गरेका थिए । उनका अनुसार गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको छ ।
     
    सङ्घीय सरकारबाट प्राप्त ९ अर्ब एक करोड अनुदानमध्ये हालसम्म ६२ प्रतिशत निकासा भएको मगरले बताएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com