काठमाडौँ / मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ ।
अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरूबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बिमा महत्त्वपूर्ण छनोट हुन सक्छ ।
नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बिमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बिमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बिमा’ योजना ।
किन आवश्यक छ ‘दम्पती जीवन बिमा’ योजना ?
यो जीवन बिमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बिमा योजना निकै नै महत्त्वपूर्ण रहेको छ । यो बिमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ ।
एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्का र आश्रितको सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बिमालेख उपयुक्त छनोट हुन सक्ने छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ ।
योजनाको प्रमुख विशेषता
यो योजना खरिद गर्ने बिमितले विभिन्न सुविधा पाउनेछन् । यो बिमालेख अन्र्तगत बिमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बिमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ ।
उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बिमा दम्पती जीवन बिमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।
परिपक्ताको हकमा
अब बिमालेख परिपक्कताको हकमा कुनै एक वा दुवै जना बिमित जीवित रहेमा बिमा अवधिको समाप्तिमा बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ ।
पूर्ण स्थायी अशक्तता
बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बिमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बिमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ ।
दुर्घटनाका कारण कुनै एक बिमितको पूर्ण स्थायी अशक्ततापछि बिमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बिमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बिमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ ।
दुर्घटना मृत्यु
बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमाङ्क जीवत बिमितलाई एकमुष्ट प्रदान गर्नेछ । बिमालेख अन्र्तगतको बाँकी प्रिमियम शुल्कमा छुटसमेत रहेको छ । बिमा समाप्तिमा पुनः बिमाङ्क र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ ।
दुर्घटनाका कारण कुनै एक बिमितको मृत्युपछि बिमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बिमितको पनि मृत्यु भएको अवस्थामा बिमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तान गरिने छ ।
प्राकृतिक मृत्यु
बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बिमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमाङ्क र आर्जित बोनस एकमुष्ट पाउनेछन् ।
घातक रोग सुविधा बिमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बिमितलाई घातक रोगअन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ ।
बिमा योजना खरिद गर्नको लागि योग्यता
यो बिमा योजना न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान/श्रीमतीको उमेर अन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बिमा योजनाको अवधि न्यूनतम् १५ वर्षदेखि अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बिमा योजना अन्र्तगत बिमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् । बिमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बिमालेख खरिद गर्न सक्नेछन् ।
प्रिमियम भुक्तानी गर्ने तरिका
यो योजना खरिद गर्ने बिमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बिमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
जुनबेला पनि खरिद गर्न सकिने
जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुनुपर्ने आवश्यता छैन । बिमितले जतिबेला पनि खरिद गर्न सकिने छ । दम्पती जीवन बिमाको हकमा
दम्पती जीवन बिमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बिमालेखमा श्रीमान्÷श्रीमतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बिमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ ।
यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बिमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बिमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ ।
बिमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ?
सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बिमालेखहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बिमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ । साथै कम्पनीले पारदर्शी र उत्कृष्ठ संस्थागत सुशासनबाट सञ्चालित रहेको हुँदा ढुक्क भएर सानिमा रिलायन्सको बिमालेख खरिद गरेर भविष्य सुरक्षित बनाउन सकिन्छ ।