images
Logo
images

२ करोड १ लाखभन्दा बढी मूल्यको अबैध सुन/ हिराको गरगहना बोकेर हिड्ने चार जना प्रहरीको फन्दामा, कोको हुन् ?

२ करोड १ लाखभन्दा बढी मूल्यको अबैध सुन/ हिराको गरगहना बोकेर हिड्ने चार जना प्रहरीको फन्दामा, कोको हुन् ?

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    २ करोड १ लाखभन्दा बढी मूल्यको अबैध सुन/ हिराको गरगहना बोकेर हिड्ने चार जना प्रहरीको फन्दामा, कोको हुन् ?
    images
    images

    काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकबाट बिना विलका सुन, हिरा तथा बहुमूल्य पत्थरका गहनासहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीलाई प्राप्त सूचनाअनुसार भारत, कलकत्ताका ४३ वर्षीय हाविबोर सेखले सञ्चालन गरेको ‘मुन्ना जेम एण्ड ज्वेलर्स’मा विना विलका गरगहना बिक्री भइरहेको जानकारीपछि प्रहरीले २०८२ साल जेठ २६ गते साँझ ६:३० बजे छापा मारेको थियो।

    छापाको क्रममा जेम एण्ड ज्वेलर्समा बिक्रीका लागि राखिएका विभिन्न प्रकारका सुन, हिरा र पत्थरजडित गरगहना बरामद गरिएको छ। बरामद गरगहनाको मूल्य करीब रु २ करोड १ लाख ७८ हजार ३६० रहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका व्यक्ति:

    १. हाविबोर सेख, ४३ वर्ष, भारत कलकत्ता, हाल काठमाडौं–२२
    २. सुरोजित दास, ३९ वर्ष, भारत कलकत्ता
    ३. तमोल साद्रा, ४० वर्ष, भारत कलकत्ता
    ४. सामुहिम सेख, १६ वर्ष, भारत कलकत्ता

    बरामद गरिएका सामग्रीहरू:

    – विभिन्न आकार र डिजाइनका सुनका नेक्लेस, रिङ, लकेट, कानका टप, बाला, चुरा लगायतका गरगहना (कुल तौल: सयौं ग्राम)
    मिक्स डाइमण्ड र अन्य बहुमूल्य पत्थर (IJVSSI, SI2, IS1, JColor vssi आदि प्रकारका)
    – विभिन्न वाणिज्य बैंकहरूका नगद भौचर, चेक र रसिद
    iPhone 15 Pro Max मोबाइल
    विल तथा खरिद रेकर्डसहितका कागजातहरू, नोटबुक र अर्डर सिलिपहरू

    अगाडि प्रक्रिया:

    पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरी स्रोतले जनाएको छ।

    प्रहरीका अनुसार, यो प्रकारको विना विलको सुनचाँदीको कारोबार राजस्व छली, अवैध कारोबार तथा आर्थिक अपचलनसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ। अनुसन्धान जारी रहेको र थप विवरणहरू आउने क्रममा सार्वजनिक गरिने बताइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com