विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द
    images
    images

    काठमाडौँ / भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट AI-171 बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ । 

    बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए । 

    जसमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगली नागरिक र  एक जना क्यानाडाली नागरिक रहेका थिए । विमानले रनवे २३ बाट उडान भरेको दुई मिनेटमै एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले आपतकालीन संकेत जानकारी दिएको थियो । तर, त्यसपछि ककपिटबाट कुनै सम्पर्क प्राप्त हुन सकेन ।

    प्रारम्भिक रिपोर्टअनुसार विमानको पछाडिको भागले एउटा रुखमा ठोक्किँदा नियन्त्रण गुमेर विमान विमानस्थलको परिधिबाहिर खसेको हो । त्यसपछि विमान नजिकैको संरचनामा ठोक्किएको र घटनास्थलबाट बाक्लो कालो धुँवा उडेको बताइएको छ ।

    दुर्घटनापछि उद्धार तथा दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु र चालक दलका सदस्यहरू घाइते भएको प्रारम्भिक जानकारी आएको छ, यद्यपि कति घाइते छन् र तिनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पुष्टि हुन बाँकी छ । घट्नापछि विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू अहमदाबाद पुगेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com