लुयान र सारथी स्कुटरमा म्याजिक मनसुन अफर, १० हजारसम्म नगद छुट

लुयान र सारथी स्कुटरमा म्याजिक मनसुन अफर, १० हजारसम्म नगद छुट

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    लुयान र सारथी स्कुटरमा म्याजिक मनसुन अफर, १० हजारसम्म नगद छुट
    images
    images

    जीरो इमिसन राइड एनले यो मनसुनलाई लक्षित गर्दै आफ्ना लोकप्रिय ब्रान्डहरू लुयान र सारथी इकुटरका इलेक्ट्रिक स्कुटरहरूमा 'मनसुन म्याजिक अफर' लागू गरेको छ । 

    यस अफर अनुसार ग्राहकले हरेक स्कुटर किन्दा १० हजार नगद छुटका साथै हेल्मेट, रेनकोट, टिसर्ट, र एक वर्षको सडक कर निःशुल्क पाउनेछन् ।

    असार महिनाको अन्त्यसम्म सीमित समयको लागि उपलब्ध यो अफर अन्तर्गत, नगद किन्नेलाई आकर्षक छुट र उपहारको प्याकेज प्रदान गरिएको छ ।

    कुनै पनि पुरानो पेट्रोल वा इलेक्ट्रिक जुनसुकै भएपनि बाइक वा स्कुटर ल्याएर नयाँ स्कुटर लान सकिने एक्सचेन्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । एक्सचेन्जमा पनि माथि उल्लेख गरिएको अफर लागु हुने बताइएको छ ।

    कम्पनीले पुरै पैसा नहुने ग्राहकहरुका लागि सजिलो फाइनान्स सुविधा समेत उपलब्ध रहेको जनाएको छ । जसमा ग्राहकले कमसेकम २० प्रतिसत डाउनपेमेन्ट गरेर नयाँ स्कुटर लैजान सक्नेछन् । अधिकतम ३६ महिनासम्मको फाइनान्स सुविधा रहेको बताइएको छ । फाइनान्समा लैजानेलाई भने माथिको अफर लागु नगरिने कम्पनीले जनाएको छ ।

    लुयान र सारथी इकुटरका अधिकांश मोडेलमा ७२ भोल्ट ३८ एएच ग्राफिन बेट्रि जडान गरिएको छ जसले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ । स्कुटरमा लिथियम आयोन बेट्रिको पनि अप्सन रहेको बताइएको छ ।

    लुयान र सारथी इकुटरका स्कुटरहरूमा शक्तिशाली मोटर जडान भएकाले नेपालका उकालो बाटाहरूमा पनि सजिलै चढ्न सकिन्छ । १२ इञ्चका टायर, डबल डिस्क ब्रेक, रि–जेन ब्रेकिङ सिस्टम, एनएफसी कार्ड स्टार्ट, डिजिटल डिस्प्ले, एलईडी हेडलाइट, र आइपि ६७ वाटर र डस्ट रेसिस्टेन्ट प्रणाली जस्ता विशेषताले यी स्कुटरलाई अझ भरपर्दो र सुरक्षित बनाएका छन् । 

    अझै लुयानका स्कुटरहरुमा त लिक्विड कुल्ड मोटर जडान गरिएको छ । जसले स्कुटर चलाउँदै गर्दा हुने ताप (हिट) लाई निक्कै कम गरेर स्कुटरको तान्ने क्षमतामा वृद्धि गर्दछ ।

    लुयानको एमएनके३ र एस ९० तथा सारथी इकुटरको इ३ र विँगर जस्ता मोडलहरु चर्चित छन् । ती स्कुटरहरूको मूल्य रु. १,९२,६०० देखि २,१६,००० सम्म रहेको छ । उल्लेखित मूल्यमा यो अफर अनुसार रु. १० हजार नगद छुट हुनेछ ।

    जीरो इमिसन राइड एनका सेल्स एन्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, जीरो इमिसन राइड एनले हालसम्म नेपालका सबै इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा उत्कृष्ट बिक्रीपछिको सेवा दिँदै आएको छ । 

    काठमाडौं उपत्यकाभित्र मात्रै १७ वटा सर्भिस सेन्टरहरू सञ्चालनमा छन्, जसमा हरेकमा चार्जिङ सुविधा पनि उपलब्ध छ । उपत्यका बाहिर १२ वटा प्रमुख शहरहरूमा डिलर र सर्भिस सेन्टरहरू रहेका छन् ।

    ग्राहकको विश्वास र बढ्दो रुचिलाई मध्यनजर गर्दै सुरु गरिएको यो अफरले नेपाली बजारमा अझ सशक्त उपस्थिति जमाउने कम्पनीले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com