चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • images
    images
    चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
    images
    images

    दमौली / आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ ।आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । 

    समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायत कार्यक्रम आयोजना हुनेछन् ।

    विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।

     नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । 

    भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका हुन् । 

    भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए । उनका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साहित्यमा स्थापित भएको मानिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com