अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु सवार

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु सवार

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु सवार
    images
    images

    काठमाडौँ / एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनामा परेको छ। लन्डन गेटविकतर्फ उडान भरिरहेको उक्त विमानमा चालक दलसहित २४२ जना यात्रु सवार थिए।

    विमान टेकअफको क्रममा अहमदाबाद विमानस्थलको सीमा नजिकै रहेको एयर कस्टम कार्गो कार्यालयको आसपासमा दुर्घटनाग्रस्त भएको हो। 

    भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, विमान आकाशमा उड्न नपाउँदै जमिनमा खस्दा ठूलो धुवाँको मुस्लो देखिएको थियो।

    एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट दुर्घटनाको पुष्टि गर्दै भनिएको छ,“उडान नम्बर-AI171 अहमदाबाद–लन्डन गेटविक आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ। हामी घटनाको विस्तृत विवरण सङ्कलन गर्दैछौँ र सकेसम्म चाँडो जानकारी अद्यावधिक गर्नेछौँ।” दुर्घटनापछि स्थानीय प्रहरी टोली, ७ वटा दमकल तथा एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका छन्।

    राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (NDRF) का २ टोलीहरू पनि उद्धारमा खटिएका छन्। भारतका गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग तत्काल छलफल गरेका छन्। केन्द्र सरकारबाट घटनामा पूर्ण सहयोगको प्रतिबद्धता जनाइएको छ।

    न्यूज २४ अनलाइनका अनुसार, उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको जनाइएको छ। हालसम्म यात्रुहरूको अवस्था सार्वजनिक भइसकेको छैन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com