‘दश वर्षसम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइँन’

‘दश वर्षसम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइँन’

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • ‘दश वर्षसम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइँन’

    हेटौँडा / दश वर्ष सम्म जापानमा काम गरी कमाएको पैसा नेपालमा लगानी गर्न वातावरण नभएको हेटौँडाका युवक दामोदर अधिकारीले बताउँछन् । मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ का अधिकारीले हेटौँडा–९ मा रहेको आफ्नै जग्गामा रिसोर्ट र चार्जिङ स्टेसन खोल्नका लागि स्थानीय सरकारको असयोगका कारण काम गर्ने वातावरण नभएको गुनासो गरेका हुन् । 

    images
    images

    जापानमा दुख गरेर ल्याएको पैसाले आफ्नै ठाउँमा केही गर्छु भन्दा काम गर्न नदिएको बताउँदै अधिकारीले भने, “पहिले चार्जिङ स्टेसन राख्ने भनेर हेटौँडा उपमहानगरपालिका नेपाल विद्युत प्राधिकरण सबैतिरका सरकारी निकायबाट स्वीकृति लिए २० लाख रुपैयाँ जति लगानी पनि गरे । अहिले वडा कार्यालय, उपमहानगरपालिका, दलका नेताहरू, स्थानीय वासिन्दाहरूको कारण मैले काम गर्न सक्ने वातावरण बनेन ।”   

    उपमहानगरपालिकाको प्रत्यक कोठामा चाहार्दा पनि काम गर्न नसकेपछि आफूले दुःख गरेर ल्याएको रकमको लगानी गर्न नपाएको उनले गुनासो गरे । लगानी गरी स्थानीयलाई रोजगारी दिन्छु भन्दा पनि विभिन्न बहानामा काम गर्ने वातावरण नै नदिएको अधिकारीको गुनासो छ ।

    काम गर्नका लागि सबै सरकारी प्रक्रिया पूरा गर्दा पनि लगानी गरेर काम गर्न नपाएपछि आफू निराश भएको उनले दुखेसो पोखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय