प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको उक्त सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो । 
     
    काठमाडौँमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

    सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com