नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, वित्त समूहमा झुम्मिए लगानीकर्ता

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, वित्त समूहमा झुम्मिए लगानीकर्ता

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, वित्त समूहमा झुम्मिए लगानीकर्ता

    काठमाडौँ / मङ्गलबार सेयर बजार परिसूचक नेप्से २५.०७ अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबारको बृद्धि दरलाई निरन्तरता दिँदै आज पनि नेप्से उकालो लागेको हो । 

    images
    images

    बढेसँगै यस दिन नेप्से परिसूचक  २६७८.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यसदिन सेन्सेटिभ इण्डेक्स ५.०५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.६८ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अङ्कले बढेको छ। नेप्सेसँगै मङ्गलबार कारोबार रकम पनि बढेको छ। 

    सोमबार ८ अर्ब ६८ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ। 

    त्यसैगरी, अन्य समूह १.५१,  होटल तथा पर्यटन समूह १.२८, निर्जीबन बिमा १.२६, जीवन बिमा १.०८, व्यापार १.०७, बैंकिङ ०.९३, विकास बैंक ०.७१, हाइड्रोपावर ०.४६ प्रतिशतले बढेको छ । 

    यसैगरी, प्रशोधन तथा उत्पादन समूह ०.२५ प्रतिशत, लघुवित्त ०.६१ प्रशित, लगानी ०.६८ प्रशित र म्युचुअल फण्ड ०.२३ प्रतिशतले बढेको छ । 

    मङ्गलबार दुई स्टकको सेयर  मूल्य सर्किट लेभलमा बृद्धि भएको छ । यस दिन पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । 

    त्यस्तै, मङ्गलबार समृद्धि फाइनान्सको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने जानकी फाइनान्सको सयर मूल्य करिब ७ प्रतिशत बढेको छ। यता रावा इनर्जी डेभलपमेन्टको सयरमूल्य सर्वाधिक ६.१४ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ।

    सो कम्पनीको यस दिन ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएको छ। 

    त्यस्तै, यसदिन अरुण काबेली पावरको ५३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४६ करोडको सेयर खरिद बिक्री भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय