मधेसी एकता समाज, कतारद्वारा बकर ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

मधेसी एकता समाज, कतारद्वारा बकर ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    मधेसी एकता समाज, कतारद्वारा बकर ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
    images
    images

    काठमाडौं/ मधेसी एकता समाज, कतारको आयोजनामा बकर ईदको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार दोहास्थित गोर्खाली रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ।

    समाजका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो प्रमुख अतिथि र संस्थापक अध्यक्ष डा. रविन्द्र कुमार यादव विशिष्ट अतिथि रहेका थिए ।
     
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले मधेशमा मात्र केन्द्रित भएर आन्दोलन गर्नु अब पर्याप्त नरहने बताउँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजलाई समेट्ने नीति आवश्यक रहेको धारणा राखे ।  

    उनले पृथ्वीनारायण शाहको ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी’ भन्ने भनाइलाई स्मरण गर्दै, त्यही अवधारणालाई व्यवहारमा लागू गर्दा मात्र समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सम्भव भएको बताए । 

    त्यस्तै, विशिष्ट अतिथि डा. यादवले मधेसी एकता समाजको मुख्य उद्देश्य आफ्नै भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्नु रहेको बताए । 

    लोकतन्त्र स्थापनापछि पासपोर्ट सहज उपलब्ध भएपछि खाडी मुलुकहरूतर्फ रोजगारीमा गएका मधेसी युवाले मधेशमा आर्थिक परिवर्तन ल्याएको उल्लेख गरे । 

    साथै, विदेशमा रहेका संघसंस्थाहरूले राजनीतिक संगठनको रूपमा नभई सामाजिक उत्तरदायित्वका साथ काम गर्नुपर्ने कुरामा जोड दिए । 

    कार्यक्रममा समाजको अन्तर्राष्ट्रिय समितिबाट उपाध्यक्ष राजीव झा, उपाध्यक्ष तथा मध्यपूर्व इन्चार्ज अभय ठाकुर तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दीप प्रज्वलन, राष्ट्रियगान गायन तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणसहित सुरु गरिएको कार्यक्रमको सञ्चालन चन्द्रविर राय यादवले गरेका थिए । 

    सो अवसरमा कोषाध्यक्ष गौतम कुमार शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रममा विभिन्न संघसंस्था, नेपाली समुदायका अगुवा तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com