सेयर बजार आज पनि घट्यो, ९ अर्ब बराबरको कारोबार भएको बजारमा हाइड्रो पावरमा आकर्षण

सेयर बजार आज पनि घट्यो, ९ अर्ब बराबरको कारोबार भएको बजारमा हाइड्रो पावरमा आकर्षण

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • सेयर बजार आज पनि घट्यो, ९ अर्ब बराबरको कारोबार भएको बजारमा हाइड्रो पावरमा आकर्षण

    काठमाडौँ ./ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को विन्दुमा कायम भएको हो।  

    images
    images

    आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ।

    आज जलविद्युत् समूह एक दशमलव २२ र होटल तथा व्यापार समूह शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

    बैंकिङ एक दशमलव शून्य पाँच, विकास बैँक शून्य दशमलव शून्य छ, वित्त शून्य दशमलव ९१, लगानी शून्य दशमलव शून्य आठ र जीवन बिमा समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ। 

    उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ९५, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ।

    आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७२ करोड ९५ लाख १४ हजार ६६० बरबरको शेयर किनबेच भएको छ। 

    कारोबार सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता शेयर किनबेच भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय