स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई स्थित वित्तीय साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।

    वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उ्रद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आयआर्जन बृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा बृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको थियो । 

    कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरूलाई धेरै संस्थामा कारोवार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्घ तथा उद्यमी बन्न सुझाव दिए ।

    विशिष्ठ अतिथि ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दिपक कुमार पोखरेलले सदस्यहरूको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखि संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कानुन बमोजिम सबैलाई उद्यम बनी आयआर्जन बृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए । 

    वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरूले आफुलाई उद्यमी बन्न सिकाएकोमा स्वावलम्बनलाई धन्यवाद दिए । 

    स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रूपमा लिएको र अझ बढी सहज रुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए । 

    शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्यक सर सल्लाह समेत दिँदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताए । 

    कार्यक्रममा कर्जा बिमा रकम भुक्तानी तथा एस.इ.इ.मा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा÷छोरीलाई छात्रवृद्धि वापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com