कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

    काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरूले नेताहरूलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौँ सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए । 

    images
    images

    नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ । 

    उनले भने, “अहिले हामी सबैभन्दा ठूलो पार्टी छौँ । तर हामी तीन बर्षदेखि कहा छौँ ? सोध्नु भयो वा सोच्नुभयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुदैँ पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौँ । नेताहरूलाई कार्यकर्ताहरूले प्रश्न गर्न सकिदैँन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन ।”

    यस्तै, उनले आफैँ आफैँ बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैँमा चाहीँ कमजोर नभएको बताए ।

    उनले तल्लो तहका जिल्लाबासीहरूले आफ्ना कुराहरू स्पष्ट रूपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन् । 

    उनले भने, “काङ्ग्रेस चलाएमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलाएमान भएको मैले कहिले पाएको थिएन् । मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरू स्पष्ट रूपले राख्नुभयो । तर हामीहरू त्यो सुन्न तयार छैनौँ, नेताहरू त्यो सुन्न तयार छैन ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com