हुवाईले नेपालमा नयाँ वेयरएबल्स सार्वजनिक गर्‍यो वाच फिट ४ सिरिज र ब्यान्ड १०

हुवाईले नेपालमा नयाँ वेयरएबल्स सार्वजनिक गर्‍यो वाच फिट ४ सिरिज र ब्यान्ड १०

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    हुवाईले नेपालमा नयाँ वेयरएबल्स सार्वजनिक गर्‍यो वाच फिट ४ सिरिज र ब्यान्ड १०
    images
    images

    हुवाईले आफ्नो नयाँ वेयरएबल उपकरणहरू शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हुवाई वाच फिट ४, वाच फिट ४ प्रो, र हुवावे ब्यान्ड १० नेपाली उपभोक्ताको फिटनेस र जीवनशैली अनुभवलाई अझ समृद्ध बनाउन डिजाइन गरिएको जनाएको छ । 

    हुवाई वाच फिट ४ सिरिज  प्रत्येक जीवनशैलीका लागि प्रिमियम स्मार्टवाचहरू रहेको कम्पनीको दावी छ । हुवाईको वाच फिट ४ सिरिजले आकर्षक डिजाइनलाई उन्नत फिटनेस ट्र्याकिङ सुविधासँग जोड्दछ।

    हवाई वाच फिट ४ को मूल्य १९ हजार ९९० रुपैयाँ तोकिएको छ । यसको डिस्प्ले १.८२ इन्च, अमोल्ड टचस्क्रिन, ४८० × ४०८ पिक्सेल रिजोल्युसन, अधिकतम ३,००० निट्स ब्राइटनेस रहेको छ ।

    त्यस्तै, २७ ग्राम मात्र तौल भएको अल्ट्रा-थिन एल्युमिनियम एलोइ बडी डिजाइन रहेको छ । ४०० mAh ब्याट्रीले एकपटक चार्जमा १० दिनसम्म टिक्ने कम्पनीको दावी छ । 

    स्मूथ प्रदर्शनका लागि अनुकूलित HarmonyOS अपरेटिङ सिस्टम रहेको छ । यसले लगातार हृदयगतिको निगरानी, SpO₂ मापन, सुताइ ट्र्याकिङ, तनाव निगरानी, र महिनावारी चक्र ट्र्याकिङ गर्दछ । 

    दौड, पौडी, साइकलिङ लगायत १००ं व्यायाम मोडहरूलगायतका फिटनेस ट्र्याकिङ गर्छ । ५ ATM रेटिङ, पौडी र पानी खेलकुदका लागि उपयुक्त रहेको छ ।

    एप सूचनाहरू, मौसम अपडेट, रिमोट क्यामेरा सटर र अन्य  स्मार्ट सुविधाहरू रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com