images
Logo
images

शुक्रबारको राशिफल : क-कसलाई छ आज नामसँगै दाम कमाउने अवसर ?

शुक्रबारको राशिफल : क-कसलाई छ आज नामसँगै दाम कमाउने अवसर ?

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • शुक्रबारको राशिफल : क-कसलाई छ आज नामसँगै दाम कमाउने अवसर ?

    आज वि.सं.२०८२ साल आषाढ २० गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, नवमी तिथी, बेलुकी  ४ः ४२ बजेपछि दशमी, चित्रा नक्षत्र, आनन्दादिमा–मुसल योग, चन्द्रराशि–तुला ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन आर्थिक रूपमा फलदायी रहनेछ। नयाँ काम र साझेदारी व्यापारबाट आम्दानी बढ्ने सम्भावना छ। भौतिक सम्पत्तिमा लगानी गरी जीवनशैली विलासी बनाउन सकिनेछ। व्यवसायिक यात्राबाट लाभ मिल्नेछ भने अवसरसँगै चुनौती पनि देखिन सक्छ। कार्यक्षेत्रमा प्रगति भई मन उत्साहित रहनेछ। स्वादिष्ट भोजन र पारिवारिक समयले दिन रमाइलो बनाउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    लगानी बढाएर व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै अधिकार स्थापित गर्न सकिनेछ। रोकिएका कामहरू पूरा भई आम्दानी बढ्नेछ। स्रोतसाधन जुट्दै गएपछि दिगो फाइदाको योजना सुरु हुन सक्छ। अफिसियल यात्रा र मेहनतले नयाँ अवसर दिलाउनेछन्। शुभचिन्तकको सुझाव उपयोगी हुनेछ। लगनशीलता र प्रयत्नले लक्ष्य प्राप्ति सुनिश्चित हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    ज्ञान र बुद्धिको प्रयोगले आर्थिक लक्ष्यमा सफलता मिल्नेछ। बैंक तथा वित्तीय क्षेत्रबाट लाभ पाइनेछ भने पारिश्रमिकले मन प्रफुल्लित बनाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। रोकिएको काम अगाडि बढ्दै दिगो फाइदाका योजना सुरु हुन सक्छन्। सन्तान र गुरुजनको सुझाव लाभदायक हुनेछ। मिहिनेतले सम्मान र अवसर दिलाउने समय आएको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    घरायसी समस्याले आर्थिक चाप बढाउन सक्छ, यात्राले खर्च बढाउनेछ। व्यापारमा पारिवारिक असहयोग र भावनात्मक असन्तुलनले असर पार्न सक्छ। तर, कृषि र पशुपालनमा आम्दानीको सम्भावना देखिन्छ। बेसमयको निर्णय र अरुमाथिको भरपर्दा हानि हुन सक्छ, सावधानी आवश्यक छ। नयाँ लगानीभन्दा स्थायी योजना र सोचविचारमा समय दिनु उपयुक्त हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यवसायमा लगानी गरे पनि नाफा कमाउन समय लाग्नेछ, तर मेहनतले सफलता मिल्नेछ। आकस्मिक धनलाभ र पहिलाको उपलब्धिले उत्साह बढाउनेछ। नयाँ काम सुरु गर्ने उपयुक्त समय हो। आलस्य त्यागेर लागेमा प्रतिस्पर्धी पनि सहयोगी बन्न सक्छन्। प्रतिष्ठा बढ्नेछ र सामाजिक सञ्जालले अवसर दिलाउनेछ। तर, हतारो र गलत निर्णयले साखमा असर पार्न सक्ने भएकाले सतर्क रहनु जरुरी छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापारमा लगानी बढाएर आम्दानी बढाउने अवसर मिल्नेछ। बोलीको प्रभावले काम सहजै बन्न सक्छ, तर वचन पूरा गर्न नसक्दा आलोचना भोग्नुपर्नेछ। खर्च बढे पनि मिहिनेतले आर्थिक आशा जगाउनेछ। शुभचिन्तकको सहयोग र बुद्धिको उपयोगले सकारात्मक परिणाम ल्याउनेछ। परिवारको साथ र सहयोगले आत्मबल बढ्नेछ। परिस्थिति कमजोर देखिए पनि निरन्तर प्रयासले फाइदा मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    राजनीति र समाजसेवाबाट नामसँगै दाम कमाउने अवसर मिल्नेछ। व्यापारमा आम्दानी बढेर आर्थिक अवस्था सुदृढ हुनेछ। नयाँ आय स्रोत खुल्ने संकेत छन्, तर आश्वासनमा भर नपरी योजना अनुसार अगाडि बढ्दा सफलता मिल्नेछ। परिश्रमले प्रतिफल दिन समय लाग्न सक्छ। स्वास्थ्यमा खर्च हुन सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    चन्द्रमाको गोचरले खर्च बढाउने संकेत छ, विशेष गरी औषधी र उपचारमा। व्यापारमा लगानी गरे पनि आम्दानी कम हुनेछ, धैर्यता आवश्यक छ। कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। बेसुरमा खर्च नगर्नुहोला। तर विदेश यात्राको योग सकारात्मक छ। टाढाका साथीभाइ र अपिरिचितको सहयोगले केही राहत मिल्नेछ। सोचेर खर्च गर्दा आर्थिक सन्तुलन कायम रहन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कृषि, पशुपालन, खनिज र पानीसम्बन्धी व्यवसायमा लगानीले मनग्गे आम्दानी हुनेछ। शिक्षा र बैंक क्षेत्रबाट पनि राम्रो फाइदा मिल्नेछ। पहिले गरेका कामबाट लाभ हात पर्नेछ भने आम्दानीका नयाँ स्रोत खुल्नेछन्। सामाजिक सञ्जालको प्रयोगले जनसंपर्क बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ, आवश्यक साधन जुट्नेछन् र व्यापारमा फड्को मार्ने उपयुक्त समय हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    स्वास्थ्यमा खर्च बढ्न सक्नेछ भने जग्गा र सवारी विवादमा सावधानी आवश्यक छ। राजनीति र समाजसेवामा आलोचना भोग्नुपर्नेछ। पढाइमा मेहनतले सफलता मिल्नेछ। व्यापार र नोकरीमा लाभ हुनेछ। सामाजिक नेतृत्व र विशिष्ट व्यक्तिको सहयोगले आर्थिक र प्रतिष्ठित अवसर मिल्नेछ। लगनशीलताले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    खोज तथा अनुसन्धानमा थोरै लगानीले राम्रो नतिजा आउनेछ। दाजुभाइ र आफन्तको सहयोगले कठिन काम सहज हुनेछ। व्यापारमा लाभ रहनेछ भने धार्मिक र सामाजिक कामले प्रतिष्ठा बढाउनेछ। लामो दूरीको यात्रा सफल हुनेछ। मिहिनेतले कामको आधार तयार पार्नेछ। प्रतिस्पर्धी पछि हट्नेछन् र दिगो फाइदा हुने योजना सुरु हुने समय छ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    काम समयमा नसकिने र बाधाले मानसिक तनाव बढ्नेछ। स्वास्थ्य कमजोर भई सावधानी आवश्यक छ। कानुनी पक्षमा समस्याले जरिवाना हुन सक्छ। आम्दानी रोकिनाले योजना प्रभावित हुने सम्भावना छ। गोपनीयता नबचाउँदा समस्या बढ्न सक्छ। नयाँ काम थाल्न समय कुर्नुपर्नेछ। स्वास्थ्य र सवारीमा विशेष ध्यान दिनु आवश्यक छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय